हेटौंडा – आफ्नै सासुको हत्या गरेको आरोपमा बुहारी प्रकाउ परेकी छन् । सिरहामा ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।