काठमाडौं – काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने बाग्लुङ बडिगार्ड गाउँपालिका–५ घर भएकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–१० घर भई भक्तपुर नगरपालिका१ लोकन्थली डेरा गरी बस्ने ३५ वर्षीय बिनोद विश्वकर्मा रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–६ सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा उनलाई बिर्तामोड नगरपालिका–१ ईलाम बसस्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।