काठमाडौं – नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। नवलपुरको गैँडाकोट नगरपालिका– १ आदर्शटोलस्थित नारायणी नदीको किनारमा नुहाउने क्रममा गैँडाकोट– १ गंगानगर टोल बस्ने ९३ वर्षीय टंकनाथ कँडेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भाइटीकाको दिन दिउँसो नदीमा नुहाउने क्रममा निधन भएका कँडेलको शव साँझ प्रहरी नदीबाट निकालेर पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो। पोस्टमार्टमपछि उनको शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।