प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जेसीबीको ठक्करबाट एक जनाको मृत्यु

२०८० माघ २९, सोमबार ०७:४१ बजे

बुटवल – जेसीबीको ठक्करबाट प्युठानमा एक जनाको निधन भएको छ। माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको हो।

रा१क ७७३ नम्बरको गाउँपालिकाकै जेसीबीले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

सडकमा सुतेका वृद्धलाई गाउँपालिकाको वडा नम्बर १ स्थित पिपलडाँडादेखि गणेशमावी जोड्ने सडक सफा गर्ने क्रममा जेसीबीले ठक्कर दिएको खनालको भनाइ छ।