प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हुण्डी कारोवारमा संलग्न एकजना पक्राउ

२०७९ फाल्गुन २६, शुक्रबार १२:२१ बजे

हेटौंडा – हुण्डि कारोवारमा संलग्न मोरङ विराटनगर महानगरपालिका वडा नं. ६ बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा नं.१५ सुडी वस्ती बस्ने बर्ष ३१ को धर्मानन्द साह रहेका छन् ।

को २९ प ९७३९ नम्बरको मोटरसाइकलमा सवार साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, बिभिन्न बैंकको चेक, एटिएम कार्ड, भौचर र मोवाइल एक थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।