हेटौंडा – अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा मंगलबार साँझ बसले किचेर एक वृद्दाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई रहेकी छन् ।
प्रहरीका अनुसार कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।
कपिलवस्तुको पिपरास्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार बेलुकी साढे ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।