प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमतीमा एकैदिन छ जनाको मृत्यु

२०८० बैशाख १०, आईतबार ०७:१२ बजे

हेटौंडा – बागमती प्रदेशका पाँच जिल्लामा एकैदिन(शनिबार) छ जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक दुई, सिन्धुपाल्चोक, नुवाकोट, चितवन र धादिङमा विभिन्न घटनामा परी एक–एक जनाको मृत्यु भएको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, रवी भन्ने स्थानमा बस्दै आएका एक पुरुष मृत भेटिएका छन् । भोजपुर हतुवागडी गाउँपालिका–१, घोडेटार घर भएका अन्दाजी ३५३६ वर्षीय खड्क कार्की धुलीखेल नगरपालिका–२, वडा कार्यालय भवन र कन्चन धितालको घरको बीचमा रहेको करेशा बारीमा मृत अवस्थामा फेला परका हुन्।

काभ्रेपलाञ्चोककै पनौती नगरपालिका–९, पलाङवाड बस्ने ७६ वर्षीया सितामाया राउत घरबाट करिब एक सय मिटर पश्चिमतर्फ रहेको बारीमा मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, चनौटेमा बस्ने भारत मोतिहारी स्थायी घर भएका ७ वर्षीय हसन अंसारीको चनौटे खोला बगरमा लडेर मृत्यु भएको छ । खोलाको बगरमा लडेर ढुङ्गामा ठोक्किँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । गोर्खा घर भई हाल काठमाण्डौं तार्केश्वर महानगरपालिका–८ बस्ने २५ वर्षीय अशोक अधिकारी मृत भेटिएका हुन् ।

उता चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क पछाडि नारायणी नदीमा शव फेला परेको छ । नामथर, वतन र वर्ष समेत खुल्न नसक्ने पुरुष व्यक्ति सडेगलेको अवस्थामा शव फेला परेको हो ।

त्यसैगरी धादिङको गजुरी गाउँपालिका(१, कालिकाथान बस्ने ८४ वर्षीया पदम कुमारी श्रेष्ठ मृत भेटिएका छन् । आफ्नै घरको झ्यालमा नाईनलको डोरीले पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

छ वटै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।