प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा मोटरसाइकलले मोटरसाइकललाई ठक्कर दियो

२०८० श्रावण १०, बुधबार १४:५० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ९ पशुपतिनगरमा मोटरसाइकलले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट रातोमाटेतर्फ जादै गरेको प्र.३–०२–०१२प १८५७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०३–००३प ४२८२ नम्बर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी ४२८२ नम्बरको मोटरसाइकल चालक चालक हेटौंडा उपमहानगरपालिका–९ बस्ने ३६ बर्षीय राम खतिवडा घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।