हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन्।
ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन्। पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन्। यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन्। पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।
ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन्। चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन्।
ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन्। नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो। विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ।
यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु नौ करोड ३३ लाखमा लिएको थियो। उत्तः पुल पनि अधुरै छ। सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ।
यस्तै नाम्खा गाउँपालिका–६ लिमीमा पर्ने टाक्ची र लिङखोलाको मोटरेबल पुल निर्माणको जिम्मा अर्जुन महताराले रु एक करोड ३५ लाखमा लिएका थिए। महताराले पनि काम अधुरो बनाउँदै आएका छन्।
हिमताप, बाटो अवरुद्धलगायतका समस्या देखाएर काम ढिलाइ गरेका छन्। पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमन्टलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माणमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जीनियर निरज राजवंशीले बताए। सबै पुल निर्माणका लागि यही असारसम्मको म्याद रहेको छ।
म्याद थप्दै पक्की पुलको ठाउँमा काठेपुल
ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ। हेप्काखोलामा पूर्वाधार विकास कार्यालयले रु २३ लाख खर्चेर चारपाङ्ग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ। सल्लीखोला र याङ्गारखोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ।
वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन्। यसअघि कोरोना महामारी, हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गर्दैआएका थिए।
हिल्सा–सिमकोट सडक योजना कार्यालय हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र ताग्रुखोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ। याङ्गारखोला पुल निर्माणमा दुई वर्ष म्याद थप गरिएको छ।
काठमाडौँको बबरमहलमा आज विहान भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । दोलखाको ठुलोपाटन गाउँपालिका १ का ३७ बर्षीय झकास पाख्रिनको उपचारको क्रममा माईतिघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा विहान साढे ३ बजे मृत्यु भएको हो । बा १ क ३३ ०० नम्बरको टिपर आज विहान सवा ३ बजे टायर भासिएर कोल्टे पर्दा चालक सडक छेउको ट्रसमा च्यापिएका हुन् ।
बाराको कलैया उपमहानगरपालिका २३ मा गएराति ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया २१ बस्ने २५ बर्षीय राजन कुमार राम रहेका छन् । ना ५ त ८२ ५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा ८० प ४० २१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्याक्टर चालकलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाजुराको बुढिगंगा नगरपालिका ४ जाडेपानीमा ट्याक्टरले किचेर हिजो साँझ १ पुरुषको घटनास्थलमानै मृत्यु भएको छ । बाजुराकै बुढिगंगा नगरपालिका ४ का ३१ वर्षीय खम्म रावतको मृत्यु भएको हो । सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४९ ७२ नंम्बरको ट्याक्टरमा चढ्नेक्रममा हिजो बेलुकी पौने ८ बजे ट्याक्टरको टायरले किचेको थियो । ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी टाँटे बाजुराले जनाएकोछ ।