प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा-२ मा कुकुरको टोकाइबाट बच्न भाग्दा डुबेका बालकको अवस्था गम्भीर

२०८२ असार ७, शनिबार १९:४० बजे

हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक खोल्सीमा डुब्दा गम्भीर घाइते भएका छन्।

शनिबार बिहान मकवानपुर हेटौडा २ वनसखण्डी मन्दिर नजिक बाटोमा सिराहा खुसिपुर-२ घर भई हाल  हेटौडा  ४ स्थित ‘आमा होस्टेल’मा बस्ने राम बहादुर यादबको छोरा १४ वर्षीय उमा प्रसाद यादबलाइ  कुकुरले लखेटेपछी आत्तिएर दौडिने क्रममा नजिकै रहेको खोल्सीमा खसेको मकवानपुर प्रहरीले जनाएको छ ।


खोल्सीमा खसेर पानीमा डुबेको उनको  तत्काल  उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको भनाई छ। उनको अवस्थामा अचेत रहेको जनाइएको छ।