प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

४९ जिल्लामा मतपत्र ढुवानी

२०७९ बैशाख १७, शनिबार १६:३५ बजे

काठमाडौँ— स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं. १ का मोरबबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने छ ।

काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरूमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ । मनाब र मुस्ताब जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।