प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

यि हुन् नेपाली राष्ट्रिय फुटबल टोलीमा थपिएका १७ नयाँ खेलाडी(नामावलीसहित)

२०७९ बैशाख १६, शुक्रबार १७:१४ बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अब्दुल्लाहले अन्य १७ खेलाडीलाई बोलाएका हुन्।

अलमुताईरीसँगको विवादपछि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र विशाल राईले बन्द प्रशिक्षण छाडेका थिए। थपिएका १७ खेलाडीमा विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, निरकुमार राई, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे लगायतका खेलाडी छन् ।

नयाँ खेलाडीको नामावली

विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, शिव गुरुङ, अविशेक बराल, रोशन राना, संजोक राई, मनिष मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ