काठमाडौं – स्वीमिङ पुलमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ को शुभश्री बैंक्वेटको स्वीमिङ पुलमा डुबेर एक मूलपानीका १९ वर्षीय प्रभास अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर अधिकारी गम्भीर घाइते भएका थिए । उनको तत्काल उद्दार गरेर उपचारका लागि मदरल्याण्ड अस्पतालमा लगिएकामा थप उपचारका लागि सिभिल अस्पताल रिफर गरिएको थियो । अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।