प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको ज्यान गयो

२०८० भाद्र २४, आईतबार ०६:३२ बजे

धनगढी – पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको ज्यान गएको छ । केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।

हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउँकोमा ढुङ्गा लागेको थियो । घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध छ ।