हेटौंडा – हेटौंडा रन उपाधिको उमेश गोङ्बाले जितेका छन् । दौडमा प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी २० मिनेट ४ सेकेन्डमा पूरा गर्दै गोङ्बा च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै २० मिनेट १० सेकेन्डमा दुरी पार गरेका सञ्जिब मिजार द्वितीय भए । उता २० मिनेट १८ सेकेन्डमा दूरी पार गरेका सनिस लामा तृतीय भए । द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाा प्राप्त गरेका छन् ।
सान्त्वना भएका सुमन आले मगर र निशान श्रेष्ठलाई १०–१० हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको दौड प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो ।