प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कर्मचारीलाई मन्त्री श्रेष्ठको कडा निर्देशन, अनुरोधलाई कमजोरी ठाने कारबाही गर्ने

२०७९ माघ २४, मंगलबार १२:४६ बजे

हेटौँडा - बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मन्त्रालय मातहतका कर्मचारीलाई कडा निर्देशन दिएका छन् । श्रम, रोजगार तथा यातायात मन्त्रालय अत्याधिक कामकाजीको मान्त्रालय भएको भन्दै उनले कर्मचारीलाई काम गर्ने सबालमा कुनै कमि कमजोरी हुन नदिनको लागि अनुरोध गरे ।

‘हामीले हाम्रो तहबाट कसरी हुन्छ एउटा आशा जगाउँ जनतालाई, काम चै हुँदो रहेछ, देखिदो रहेछ, काम गर्न सके हुँदो रहेछ भने कुरा हामीले हाम्रो तहबाट गर्नुपर्छ जस्तो लाग्छ त्यसको लागि तपाईहरुसँग आशा र अपेक्षा गर्दछु ।’ मन्त्री श्रेष्ठले भने ।



उचले भने ‘ इमान्दारिपूर्वक, दक्षतापुर्वक, क्षमतापुर्वक काम गरौँ भन्ने मेरो विनम्रतापुर्वक आग्रह हो, विनम्रातालाई कमजोरीको रुपमा लिनुभयो भने निर्देशन दिनुपर्ने हुन्छ, निर्देशनलाई पनि मान्नु भएन कारबाहीको दायरामा पनि जान म कठोर बन्नुपर्ने अवस्था आउछ ।’

मन्त्री श्रेष्ठले कर्मचारीलाई सकेसम्म कारबाहीको दायरासम्म आफुलाई जान वाध्य नबनाउन अनुरोध गर्दै काममा ‘फोकस’ गर्न सके छिट्टै सकारत्ममक परिवर्तन आउने विश्वास ब्यक्त गरे ।