प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

२०८० माघ १५, सोमबार ०८:०९ बजे

तनहुँ – तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मिनी ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ।