प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

१२ पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी, कुल ३८३ निर्वाचित

२०७९ जेठ १०, मंगलबार १६:२६ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गतको ७४१ पालिकाको मतगणना सम्पन्न भएको छ भने ११ को मतगणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले मंगलबार साँझ ७ बजे दिएको जानकारी अनुसार ७४१ स्थानीय तह मध्ये १२ पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यस्तै कुल ३८३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

जसमा मेयर र अध्यक्षमा ६–६ जना निर्वाचित हुँदा उपमेयर र उपाध्यक्षमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडाअध्यक्षमा १३५ जना, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा ५५, खुल्ला सदस्यमा ११७ पुरुष र दुई महिला गरी ११९ जना निर्वाचित भएका हुन् ।

जसमा महिला बाध्यकारी पोष्टमा ११४ र खुल्ला प्रतिस्पर्धा मार्फत ५ गरी कुल ११९ जना निर्वाचित भएका छन् । बाध्यकारी पद उपाध्यक्षमा १, वडासदस्य महिलामा ५८ र दलित महिलामा ५५ छन् ।

त्यस्तै खुल्ला प्रतिस्पर्धातर्फ वडाअध्यक्षमा तीन र वडासदस्य खुल्लामा दुई जना उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने महिला शुन्य रहेका छन् । .