प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरीमाथि हातपात गर्ने तीन जना पक्राउ

२०८० आश्विन ४, बिहीबार १०:१४ बजे

हेटौंडा – प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा संखुवासभा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका–७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।

पाँचखपन नगरपालिका–७ विहीवारे बजारमा बुधबार राति मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेका उनीहरुले सम्झाई बुझाई गर्न पुगेका प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हातपात गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका छन् । उनी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।