काठमाडौं – पहिरोमा पुरिएर दुई परिवारका ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
गुल्मी मालिका गाउँपालिका–६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
मृत्यु हुनेमा पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिक रहेका छन् । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बतार्ईएको छ ।
त्यस्तै स्याङ्जामा फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी रहेकी छन् ।
सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।