सिरहा – औरही गाउँपालिका-२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन् ।
प्रहरीका अनुासर दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।