प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुत्केरी हुन नसकेर एक गर्भवती महिलाको मृत्यु

२०८० असार ८, शुक्रबार ०३:४३ बजे

काठमाडौं – सुत्केरी हुन नसकेर जाजरकोटमा एक गर्भवती महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका ८ रुवाकि ३२ बर्षीया सोविता गिरीको मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेको लामो समयसम्म पनि उपचार नपाउँदा उनले अकालमै ज्यान गुमाउनु परेको स्थानीय शिक्षक गोरखबहादुर बुढाले जानकारी दिए । तीन घण्टा टाढा रहेको पजारु स्वास्थ्य संस्था लगिदिने मानिस नहुँदा र हेलचक्र्याइँ गर्दा उनको ज्यान गएको बुढाको भनाई छ । यस अघि नै दुई छोरा र एक छोरी जन्माई सकेकी उनको यो चौथो सुत्केरीको क्रम थियो ।

अति दुर्गम र विकट गाउँका कारण स्वास्थ्य संस्था नहुनु मुख्य समस्या भएको उनको भनाई छ । केही वर्ष अघि लडेर घाइते भएका श्रीमान् ज्ञानबहादुर गिरी र ससुरा समेत अशक्त छन् ।