प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

२०८० असार २५, सोमबार ०४:३७ बजे

संखुवासभा – संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनमा मकालु–२ का ३० बर्षिय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए ।

आइतबार विहान १० बजे घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकालु–५ नुममा उपचार भईरहेको बताइएको छ ।