प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमा फर्किए

२०८० जेठ २२, सोमबार १२:२९ बजे

काठमाडौं – नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन् । केही समयअघि नेकपा एसबाट राजीनामा दिएका न्यौपाने आज एमालेमै फर्किएका हुन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्य शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।