हेटौंडा – बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको शव आइतबार साँझ फेला परेको हो ।
आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुहारमा चोटले नचिनिने अवस्था भेटिएको र ३/४ दिन पहिलेकै जस्तो भएकोले शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।