प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगलागीमा परेर एक जनाको मृत्यु

२०८१ मंसिर २४, सोमबार २०:५१ बजे

काठमाडौं – काठमाडौंको बुढानीलकण्ठमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर ९ जना घाइते भएको जनाएको छ। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।