हेटौंडा – सेवाग्रहीसंग २० हजार घुस खाने सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले मेहतालाई २० हजार घुस सहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मेहताले घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा मेहतालाई उक्त घुस रकम सहित विराटनगर महानगरपालिका–५, पुल्चोक छेउबाट नियन्त्रणमा लिईएको प्रवक्ता दाहालले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।