प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट तीन जना पक्राउ

२०८० बैशाख १५, शुक्रबार १४:५६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागरपालिका–१० बसपार्कबाट लागुऔषध अफिम सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी फुलबारीया बस्ने २८ वर्षीय मुकेश प्रसाद पासवान, सोही स्थान बस्ने ३० वर्षीय पिंकु शर्मा र सोही स्थान बस्ने ४५ वर्षीय कपिलदेब सहनी रहेका छन् ।

बसपार्कस्थित रहेको रोशन होटल अगाडी रोकि राखेको बिआर ०६ सिजेट ३५०५ नम्बरको भारतिय गाडी शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३०० मिलीग्राम लागुऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।