प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा जेसीज सप्ताह हुने

२०८० कार्तिक १४, मंगलबार १९:४० बजे

हेटौंडा – हेटौंडा लेडी जेसीजले विविध कार्यक्रमको आयोजना गरेर हेटौंडामा जेसीज सप्ताह–२०२३ मनाउने भएको छ । मंगलवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै लेडी जेसीजले कार्तिक १५ देखि १८ गतेसम्म विविध कार्यक्रमको आयोजनागरी सप्ताह मनाउन लागेको जानकारी दिएको हो ।

जेसीज सप्ताह अन्र्तगत कार्तिक १५ गते नेपाल रेडक्रस ब्लड बैंक हेटौंडा–१ मा जेसी सलोनी बाटाजुको संयोजकत्वमा रक्तदान कार्यक्रम, हेटौंडा–४ मा रहेको हेटौंडा क्याम्पसमा जेसी पवित्रा गुरुङको संयोजकत्वमा स्व.बुद्धरत्न शाक्य स्मृति खुल्ला बक्तृत्वकला प्रतियोगिता, कार्तिक १६ गते हेटौंडा–१, चौकीटोलमा रहेको ओम बृद्धाश्रममा जेसी कुमारी लामाको संयोजकत्वमा खाद्यान्न वितरण, हेटौंडा–४ मा रहेको भुङ्ग्रो थकालीमा जेसी रन्जु पुडासैनीको संयोजकत्वमा बैठक संचालन प्रणाली तालिम गरिने भएको छ ।

त्यस्तै कार्तिक १७ गते हेटौंडा–४, शीतल महल चोकमा जेसी पुजा बस्नेत लामाको संयोजकत्वमा स्लो स्कुटी प्रतियोगिता, श्री प्रावि चकरीमा जेसी कुसु पण्डितको संयोजकत्वमा स्व.बाशु प्रसाद पौडेल स्मृति शैक्षिक सामाग्री हस्तान्तरण, कार्तिक १८ गते हाम्रो घर हेटौंडा ५ मा जेसी मोनिका पौडेलको संयोजकत्वमा सरसफाई सामाग्री हस्तान्तरण र हेटौंडा–४ रोयल प्यालेसमा जेसी इन्दिरा बानियाँको संयोजकत्वमा जेसीज सप्ताह समापन गरिने लेडी जेसीज अध्यक्ष डिलमाया घर्ती (दिलु) ले जानकारी दिइन् । पत्रकार सम्मेलनमा लेडी जेसीज मुल कार्यक्रम संयोजक अस्मिता न्यौपाने, सह–मुल कार्यक्रम संयोजक नम्रता श्रेष्ठ, महासचिव सरस्वती थिङ लगायतकाको सहभागिता रहेको थियो ।