हेटौंडा – ललितपुरबाट १२ जना र सर्लाहीबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
ललितपुर गोदावरी नगरपालिका–१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका–२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाही बागमती नगरपालिका–३ धरहरास्थित घिसिङ होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीया जमुना मोक्तान सहित ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ७० रूपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।