प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुर्घटनमा हेमन्तको मृत्यु, मकवानपुरका मोक्तान प्रहरीको नियन्त्रणमा

२०८० असार १०, आईतबार १४:०० बजे

हेटौंडा – पृथ्वी राजमार्ग अन्तर्गत चितवन ईच्छाकामना गाउँपालिका–४, केवलकारमा माईक्रो र मोटरसाइकल एक आपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक जिल्ला रुपन्देही, कन्चनजंगा नगरपालिका–१ बस्ने ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् ।

बुटवलबाट काठामाडौं तर्फ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माईक्रो र विपरित दिशा तर्फ आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा कुमाल गम्भीर घाईते भएका थिए ।

गम्भीर घाईते भएका कुमाल पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन प्रहरी चौकी कुरिन्टारको नियन्त्रणमा रहेको छ ।

माईक्रो चालक मकवानपुर, कैलाश गाउँपालिका–२ बस्ने २८ वर्षीय लुम्न सिंह मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।