प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

२०७९ आश्विन २६, बुधबार १०:२० बजे

काठमाडौं – आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जनाएको छ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।