हेटौंडा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार हेटौंडा आउँदैछन् । उनी हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि आउने भएका हुन् ।
कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकारशरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी र आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगीहरुको उपस्थिती रहने कार्यक्रम तय भएको आश्रमले जनाएको छ ।
सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाका आफ्नै भवन अपरिहार्य भएको निष्कर्ष सहित २०७१ माघ ३ हेटौंडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुभारम्भ गरेको थियो ।