प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

२०७९ आश्विन १६, आईतबार ०३:५० बजे

काठमाडौं – इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार बिहान खुमटारस्थित दाहाल निवास पुगेर माओवादी प्रवेश गरेका हुन् ।

उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे ।नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावमा टिकट नपाउने संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेको ताइएको छ ।