काठमाडौं – रुकुम पश्चिममा एक्स्काभेटरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलाल रहेका छन् ।
आज शुक्रवार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरको डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।
डोजरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी हुँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीले डोजर चालक सानीभेरी–८ का २३ वर्षीय धनेशकुमार विकलाई पक्राउ गरेको छ । डोजर पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।