प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन

२०८० भाद्र १२, मंगलबार ०२:३४ बजे

धनुषा – वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । नेपालीको हिजो बेलुका जनकपुरमा रहेको म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिएका हुन्।

उनी झन्डै १४ महिनादेखि बिरामी थिए । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।

नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता शुरुआत गरेका थिए । विसं २०१५ सालमा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन शुरु गरेका थिए ।

उहाँ लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।