हेटौंडा – वर्षा भएपछि हेटौंडा–काठमाडौं मार्ग अन्तर्गत हुमाने–फर्पि सडक हिलाम्मे बनेको छ । हेटौंडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने निर्माणधिन सडकको अवस्था अहिले बिजोग छ । हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ ।
कुलेखानी–फाखेल–हुमाने भञ्याङ–फर्पिङ सडकखण्ड निर्माण गर्न फागुन १ बाट दुई महिनाका लागि बन्द गरिएको छ । अहिले निर्माण कार्यजारी छ । वर्षातका कारण सडक खाल्टाखुल्टीसंगै हिलाम्मे भएपछि नियमित सञ्चालन हुने स्थानीय सवारी र यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिलाम्मे सडकका कारण गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ ।
तस्वीरः आशा बहादुर लामा


