प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडाका लामा प्रहरीको फन्दामा

२०८० श्रावण ३२, बिहीबार ०२:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ म्याजिकचोकबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१५, फारलाईन बस्ने २९ बर्षीय विज्ञान लामा रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको टोलीले बुधबार लामालाई लागुऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ४९० मिलीग्राम र गाँजा ७० ग्राम सहित नगद रू १६ हजार ५०० बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीेले जनाएको छ ।

फाइल तस्वीर