प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रूख ढाल्ने क्रममा हाँगोले लागेर लामाको मृत्यु

२०८० जेठ २३, मंगलबार ०६:३१ बजे

हेटौंडा – सिन्धुलीमा रूख ढाल्ने क्रममा हाँगोले लागेर एक जनाको मृत्यु छ । मृत्य हुनेमा कमलामाई नगरपालिका-७ गढौली का ६९ वर्षीय मानबहादुर लामा रहेका छन् ।

घर नजिकैको सामुदायिक वनमा रूख ढाल्ने क्रममा रूखको हाँगाले लामाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनको उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।