काठमाडौं – नेपाल चिकित्सक संघका पूर्व उपाध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा सरोज कृष्ण श्रेष्ठको निधन भएको छ। उनको उपचारको क्रममा बीएण्डबी अस्पतालमा असामयिक निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ।
संघले डा. श्रेष्ठको निधनप्रति दु:ख व्यक्त गरेको छ। महासचिव सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै स्व डा. श्रेष्ठले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा खेलकुदका क्षेत्रमा पुर्याएको योगदान सबैको मानसपटलमा स्मरणयोग्य रहने जनाएका छन्।
डा. श्रेष्ठको मृत्युले इमान्दार, लगनशील र प्रतिष्ठित हाडजोर्नीरोग विशेषज्ञ चिकित्सकलाई गुमाउनु परेको संघले जनाएको हो।