प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

२०७९ पौष १२, मंगलबार १३:३८ बजे


हेटौंडा – काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बि.पि. राजमार्गमा बसमा मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुने मानिस जिल्ला सिन्धुली दुधौली नगरपालिका बस्ने अन्दाजी २०र२५ वर्षीय सुमन काफ्ले रहेका छन्।

प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डे तर्फ जाँदै गरेको प्रदेश १–००१ प ०८८९ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जादै गरेको बागमती प्रदेश ०२६ च ५२१० नम्बरको कारलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६२७ नम्बरको बसमा ठक्कर खादाँ दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका व्यक्तिहरुको उपचारको लागी धुलिखेल अस्पताल पठाईएको थियो । मृतक काफ्लेलाई धुलिखेल अस्पातालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।