प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२०८० बैशाख २२, शुक्रबार ०८:२८ बजे

काठमाडौं – संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

संखुवासभाको भोटखोला गाउपालिका वडा नम्बर ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको हेलिकप्टर दुर्घटनामा परेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले सभापोखरीलाई जानकारी दिए।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्। उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।