काठमाडौैं – तारा एयरको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको छ ।
जहाजमा सवार यात्रुमध्ये १४ जनाको शव भेटिएको र अन्य यात्रुको खोजी भइरहेको दुर्घटनास्थलमा पुगेका स्थानीय ईन्द्रसिंह शेरचनले जानकारी दिएका छन् । अहिले घटनास्थलमा सशस्त्र प्रहरी ,नेपाली सेना र प्रहरीको टोली पुगेर शव खोजी तथा संकलन गरिरहेको शेरचनले जानकारी दिए ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेदीमा सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
जहाजमा चालक दलका ३ सदस्य सहित २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए ।