हेटौंडा – चितवनको राप्ती नगरपालिका–३ झुरझुरेमा दुई ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । प्र.२–३–००२ ख ५६०९ नम्बरको ट्रक र ना.३ ख ५४८८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ना.३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ बस्ने ४३ वर्षीय प्रकाश कुँवर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका प्र।२(३(००२ ख ५६०९ नम्बरका चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।