प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

२०७९ भाद्र ३१, शुक्रबार १३:४४ बजे

हेटोंडा – ऐतिहासिक जित निकाल्दै नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

महिला साफमा नेपालले भारतमाथि पहिलो पटक जित निकालेको हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।

नपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । उनले प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेकी हुन् ।

अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।