प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई जना मृत अवस्थामा फेला

२०८० पौष ५, बिहीबार १३:०२ बजे

काठमाडौँ – रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१० चौखावाङ घर भई सोही नगरपालिका–१ बागबजार डेरा गरी बस्ने ४० वर्षीय फल बहादुर वली सोही नगरपालिकाको सेरीगाउँस्थित आफन्तको घरमा आज मृत अवस्थामा फेला परेका छन् ।

यता सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशीको पूर्वी नहरको ७ नम्बर ढोकाको पानीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।