हेटौंडा – धादिङको निलकण्ठ नगरपालिका वडा नं. ३ स्थित एमालेचोकमा शुक्रबार दूई वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको छ । पुच्छार बजारतर्फ जाँदै गरेको बा ८४ प ७३१५ नम्बरको मोटरसाइकल र लु ३२ प १७४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनमा परी १७४७ नम्बरको मोटरसाइकल चालक धादिङ गंगाजमुना गाउँपालिका वडा नं. १ बस्ने ४० बर्षीय जेन्स तामाङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल र ७३१५ नम्बरको मोटरसाइकलको चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।