प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तरकारी बजार पछाडी नवजात शिशुको शव फेला

२०८० पौष ३, मंगलबार ११:३३ बजे

हेटौंडा – काभ्रेमा एक नवजातशिशु(छोरा)को शव फेला परेको छ । जिल्लाको बनेपा नगरपालिका वडा नं.५ स्थित नयाँ तरकारी बजार पछाडी चौरमा सामबार साँझ शव फेला परेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार अन्दाजी २/३ दिनको जस्तो देखिने नवजात बालक शिशुको शव रातो कपडाले बेरिएको अवस्थामा फेला परेको हो । घटनाको मुचुल्का पश्चात पोष्टमाटमका लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।