प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजबाट कति तिनुपर्छ ?

२०८० माघ १८, बिहीबार ०७:२८ बजे

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकाे छ ।