प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनकाे मूल्य घट्याे

२०८० असार १३, बुधबार ०५:३३ बजे

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेको छ।

साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। बुधबार चाँदीको भाउ स्थिर रहेको छ। मंगलबार १ हजार ३ सय ७५ रूपैयाँमा कारोवार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोवार भइरहेको छ।